२९ आश्विन २०८३, बिहिबार

गोर्खालीहरुले अष्ट्रेलियामा गठन गरे गोरखा समाज अष्ट्रेलियाको तदर्थ समिति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gorkhaअष्ट्रेलिया ।  गोरखा जिल्ला स्थायी घर भई अष्ट्रेलियाको बिभिन्न शहरमा बसोबास गर्ने गोर्खालीहरुले गोरखा समाज अष्ट्रेलियाको तदर्थ समिति गठन गरेका छन् ।

अष्ट्रेलियामा बसोवास गर्ने नेपाली र त्यसमा पनि गोरखा स्थायी घर भएका सबैलाई एउटै छातामुनि समेटेर बिभिन्न सामाजिक कार्यहरु गर्ने अभिप्रायले समिति गठन गरिएको हो ।

सिड्नीको एसफिल्ड पार्कमा नोभेम्बर २२ मा सम्पन्न भेलाले गरेको गोरखा समाज अष्ट्रेलिया तर्दथ समितिको संयोजकमा प्रकाश बस्ताकोटी र कार्य समिति सदस्यहरुमा शिब बन्जारा, सन्जित श्रेष्ठ, ईश्वर दाहाल तथा ध्रुव पोखरेल रहेका छन् ।

यस्तै सदस्यहरुमा आनन्द श्रेष्ठ, कृष्ण भट्टराई, जयबाबु श्रेष्ठ, अमर श्रेष्ठ, सुरेन्द्र दवाडी, राजु पोखरेल, निरज जोशी, अनिल पाण्डे तथा आशिष श्रेष्ठ रहेका छन् । समाजले छिट्टै बृहत कार्ययोजना तय गर्ने जनाएको छ ।

तत्कालिन तथा दीर्घकालीन कार्यक्रमहरुको छलफल तथा घोषणा गर्ने उद्देश्यले आगामी डिसेम्बर ६ गते शनिबारको दिन बेलुका ५ बजे एसफिल्ड पार्कमा पुनः अर्को भेला आयोजना गरिएको छ ।

समाजले सिड्नीमा बसोबास गर्ने सम्पूर्ण गोर्खाली दाजुभा दिदीबहिनीहरुलाई उक्त भेलामा उपस्थितिको लागि हार्दिक आमन्त्रण समेत गरेको छ । राजनैतिक गन्ध तथा ब्यक्तिगत स्वर्थ रहित, विशुद्ध सेवा मुलक उद्वेश्यका साथ प्राकृतिक आपत विपतमा परेकालाई सक्दो सहयोग र सेवामुलक सामाजिक कार्यमा तदारूक्तासाथ अगाडी वढ्ने हेतुले नव गठित ‘गोरखा समाज अष्ट्रेलिया’ लाई आ–आफ्नो स्थानवाट सक्दो सहयोग गर्न सबैमा अपिल समेत गरिएको छ ।