३ कार्तिक २०८३, मंगलबार

जापान जाने तयारीमा रहेका कलाकार र खेलाडी निगरानीमा

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टोकियो । जापान लगायतका मुलुकमा पर्यटक भिषा लगाएर सांगीतिक कार्यक्रम गरी कलाकारहरूले लाखौ रकम लिने गरेको खुलासा भएसंगै कलाकारलाई सम्वन्धित देशले कडाइ गर्न थालेका छन् ।

पछिल्लो समयमा जापानको अध्यागमन विभागले यस बारेमा मातहतका निकायलाई सचेत समेत गराएको स्रोतले जनाएको छ । जापानको अध्यागमनबाटै फर्काइएको घटनाहरू यसै सिलसिलामा जोडेर हेर्न थालिएको छ ।

कलाकारलाई सम्मानका साथ भिषा दिइने भएपनि आफ्नो देशमा सम्वन्धित देशका कलाकारलाई पर्यटक बनाएर ल्याएर कार्यक्रम गर्न थालेपछि जापान सरकारले यस बारेमा कडाइ शुरु गरेको हो ।

कलाकार भिषा नै दिलाएर कलाकारलाई निमन्त्रणा गर्नुपर्ने नियमलाई अपहेलना गदै पर्यटक भिषा दिलाएर कार्यक्रम गर्न थालेको जानकारी आएपछि जापान अध्यागमनले यसबारेमा कडाई गर्न मातहतका निकायलाई निर्देशन दिएको बुझिएको छ ।

जापानमा सन २०१७ सम्मको एक तथ्याकं अनुसार करिव पाँच सयको हाराहारीमा नेपाली कलाकारको नाममा प्रवेश गरेकाहरु शरणार्थी बन्न आवेदन दिएर बसेको तथ्याकं माथी छानवीन गर्दा यस्तो अवस्था पाईएकोले कडाई गर्न लागिएको स्रोतले जनाएको छ ।

यसैवीच जापानको नागोयामा आगामी जनवरी ६ तारिकका दिन नायिका तथा डान्सर नम्रता सापकोटा सहित गायक सुगम पोखरेल सहभागी हुने कार्यक्रम पनि जापान सरकारको निगरानीमा परेको खबर प्राप्त भएको छ ।

कलाकारलाई पर्यटक भिषामा ल्याएर कार्यक्रम गर्न लागिएको विषयमा खोजी समेत भएको छ । कलाकारलाई जापानमा भिषामा कडाई गरिरहेको अवसरमा पर्यटक बनाएर कार्यक्रममा सहभागि गर्ने तयारी गरिएको जानकारी पछि जापानमा यस वारेमा चर्चा सुरु भएको छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान समेत रहेका पारस खडका समेत सहभागि हुने कार्यक्रममा नम्रता र सुगमलाई पर्यटक बनाएर सहभागी गराउन लागिएको जापानबाट प्राप्त समाचारमा उल्लेख छ ।

उनीहरुसंगै अर्का गायक प्रयत्न श्रेष्ठलाई समेत आयोजकले भिषा दिलाएका छन् । जापान अध्यागमनले नेपाली कलाकार तथा अन्य आगन्तुकहरुलाई गरेको निगरानीकै क्रममा नेपाली कांग्रसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलसहितका पत्रकारलाई टोकियो हानेदा विमानस्थलबाटै फर्कनुपरेको थियो ।

जापानको अध्यागमनले फरक भिषा बनाएर बोलाइएका आगन्तुकलाई पैसा कमाउने उदेश्यमा प्रयोग गरिएको खण्डमा आयोजक तथा प्रायोजक संस्था माथी कडा निगरानी गर्दै आएको छ ।