३ कार्तिक २०८३, मंगलबार

‘टाइगर’ सलमानकोविरुद्ध भारतमा चर्को प्रदर्शन, सिनेमा हलमा तोडफोड

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्विरः बलिउड लाइफ ।

मुम्बई । बलिउडका सुपरस्टार नायक सलमान खानले गरेको टिप्पणीको बिषयलाई लिएर भारतमा वाल्मिकी समाजले हुलदंगा मच्याएको छ । सलमानकोविरोधमा उनीहरुले भारतका विभिन्न सिनेमा हलहरुमा तोडफोड समेत गरेको भारतीय सञ्चारमाध्यमले समाचारमा लेखेका छन् ।

प्रदर्शनकारीहरुले सिनेमा हलको पर्दा च्यातचुत पारेर हलमा तोडफोड समेत गरेको भारतीय प्रहरीले बताएको छ । सलमानको नयाँ चलिचत्र ‘टाइगर जिन्दा हे’ हलमा चलिरहेका बेला हंगामा मच्चिएपछि दर्शकहरुको भागाभाग भएको छ । प्रहरीले जसोतसो अवस्थालाई नियन्त्रण लिएको बताएको छ । हाल आक्रमण भएका सिनेमा हलहरुमा प्रहरी तैनाथ गरिएको छ ।

एक टेलिभिजनमा सलमानले वाल्मिकी समाजविरुद्ध अपमानजनक शब्द बोलेको समाजले आरोप लागाएका छ । उनीहरुले समानविरुद्ध अदालतमा मुद्दा समेत दर्ता गराएका छन् । –एजेन्सी