३ कार्तिक २०८३, मंगलबार

यौन धन्दामा पक्राउ परेका नायिकाले खोले बलिउडको कालो सत्य

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । विभिन्न समयमा फिल्मी दुनियाँमा सेक्स स्क्याण्डलका सत्यहरु बाहिर आउने गरेका छन् । बलिउडलाई बाहिरबाट हेर्दा भव्य देखिन्छ तर भित्र भने कालो अन्धकार रहेको खुलासा भएको छ । पर्दा पछाडी निकै कालो कर्तुतहरु हुने गरेको नायिकाहरुले मुख खालेका छन् ।

ग्लामरस बन्ने निहुँमा नायिकाहरु आफ्नो शरीर बेच्न बाध्य छन् भने चलचित्रका ठूला हस्तीहरुले नै उनीहरुको फाइदा उठाइरहेका छन् । ग्लामलरको दुनियाँ चर्चित हुन खाज्ने नायिकाहरु के सहि र के गलत भन्ने कुरा छुट्टयाउने स्थितिमा पनि देखिदैँनन् ।

हैदरावाद प्रहरीले केही दिन अघि मात्रै हाईप्रोफाइल सेक्स -याकेडको भण्डाफोर गरेको थियो । सो सेक्स -याकेडमा दुई हाइप्रोफाइल नायिकाहरुलाई पनि पक्राउ गरेको थियो । प्रहरी यि दुई नायिकाहरुको पहिचान पनि गरिसकेको छ । दुई मध्ये एक तलेगु फिल्मकी चर्चित नायिका हुन् भने अर्की बंगाली टेलिसिरियलकी अभिनेत्री हुन् ।