३ कार्तिक २०८३, मंगलबार

‘टाइगर जिन्दा है’को राम्रो प्रदर्शन, हलमा खचाखच दर्शक

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । सलमान खान अभिनित फिल्म ‘टाइगर जिन्दा है’ले राम्रो प्रदर्शनको सुरुवात गरेको छ । शुक्रबार रिलिजसँगै चलचित्रको विषयमा राम्रा रिब्यु आउन थालेका छन् ।

सलमान खान अभिनित यस अगाडि प्रदर्शित चलचित्रलाई मन नपराउने दर्शकले पनि यसलाई मन पराएका छन् । चलचित्रले बम्बर ओपनिङ गर्न सफल भएको छ ।

हेर्ने दर्शकले चलचित्रको राम्रो तारिफ गरिरहेका छन् । सलमान र कट्रीना कैफको एक्सनले धेरैको मन छोएको छ । चलचित्र एक्सन प्रधान रहेको र देशभक्तिपूर्ण रहेको बताइएको छ । पहिलो सिक्वेलको तुलनामा यसपटक टाइगर धेरै खतरनाक देखिएका छन् ।

अगाडिको सिक्वेलमा टाइगर आफ्नो प्रेमका लागि लडेको देखाइएको थियो भने यो सिक्वेलमा टाइगर देशको लागि लडेको देख्न पाईन्छ । हलिउड स्टाइलका एक्सन राखिएको चलचित्रमा सलमान राम्रो एक्सन गर्न सफल देखिएका छन् । ‘टाइगर जिन्दा है’ ठुलो बजेटको चलचित्र हो । यसको निर्माण लागत मात्र १ सय ५० करोड भारु बताइएको छ । यसमा सलमान खानको फिस जोडिएको छैन ।

यस अगाडि बनेको ‘एक था टाइगर’ले पनि बक्स अफिसमा हंगामा मच्चाएको थियो । वितरकहरुको भनाइलाई पत्याउने हो भने चलचित्रले यसै साता लगानी उठाउने छ । रिलिजकै साता क्रिसमसको छुट्टी भएकोले पनि चलचित्रको कमाई अन्य समयको भन्दा दुईगुना हुने अपेक्षा निर्माण युनिटको छ । – एजेन्सी