काठमाडौं, १३ मंसिर । ‘आयो सार्क ढोल बजाई, गयो सार्क ऋण बोकाई’, बिहीबार राष्ट्रिय सभागृहमा सम्पन्न सार्क समापन समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले हात मिलाएको केहीबेरमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले यस्तो ट्विटे ।
उनको यो भनाईको आलोचना भएपछि उनले प्रस्टिकरण दिए यदि गरिएका प्रतिबद्धता पूरा भएन भने बाँकि कुराको खासै अर्थ रहदैन ।
पूर्वप्रधानमन्त्रीले नै सार्वजनिक रुपमा यसरी आशंका व्यक्त गरेको सार्कले साँच्चिकै के के गर्यो त आयोजकका रुपमा नेपाललाई सार्कले के फाइदा दियो वा केही घाटा पनि भयो भट्टराईकै पार्टी एनेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले भने, ‘शिखर सम्मेलनले नेपालीको आत्मविश्वास र मुलुकको प्रतिष्ठा बढेको छ ।’
पूर्व उपप्रधानएवं परराष्ट्रमन्त्री श्रेष्ठले भने, ‘आयोजकका रुपमा त हामी सफल भएका हौं तर विषयवस्तुमा गृहकार्य भएको पाइएन ।’
राजनीतिशास्त्रका प्राध्यापक श्रीधरकुमार खत्री सार्कको तयारी र सम्मेलनमा प्रधानमन्त्री कोइरालाले देखाएको आत्मविश्वासलाई नेपालको सवल पक्ष मान्दछन् । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
तर हरेक वर्ष हुने शिखर सम्मेलनलाई दुई वर्षमा सार्नु यसको असफलता भएको उनी बताउँछन् ।
‘यसले सार्कलाई पछाडि धकेलेको छ, सार्कको महत्व घटाएको छ,’ उनी भन्छन्, ‘सार्कलाई राजनीतिक स्तरमा ल्याउनु पर्नेमा झन् कर्मचारीतन्त्रतर्फ नै उन्मुख बनाइएको छ ।’
परराष्ट्र मन्त्रालयका सहसचिवको समुहलाई चार्टर बडी बनाएर यस्तो सन्देश दिइएको उनको भनाई छ ।















प्रतिक्रिया