२९ आश्विन २०८३, बिहिबार

माइनस २० डिग्री तापक्रममा सैनिकलाई दिइन्छ यसरी तालिम

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । नेपालमा तापक्रम १० डिग्रीको आसपासमा छ । त्यैपनि पनि हामी पातलो लुगा लगाएर हिड्ने सोच्न पनि सक्दैनौँ । यस्तोमा माइनस २० डिग्रीमा लुगा नलगाई सैन्य तालिम गर्न कसले कल्पना गर्न सक्छ? तर यो कुरा पनि संसारको कुनै कुनाका मानिसले गरेका छन् ।

यो दृश्य कोरियन हिमालमामा हिउँहरुकोबीचमा देखिएको छ । पछिल्लो समय एओङ्गचेङ माउण्टेनमा अमेरिकी तथा दक्षिण कोरियाका सयौँ सैनिकहरुले यसरी नै माइनस २० डिग्री तापक्रममा सैन्य तालिम गरिरहेका छन् । सैनिकहरु त्यस्तो चिसो मौषममा पनि तालिमबाट रमाइलो गरिरहेको लिइरहेको देखिन्छ । यस्तो चिसो तामक्रममा पनि सैनिकहरु सर्ट नलगाई तालिम गर्छन् । तर ति सैनिकहरु कुनै युद्धको लागि तालिम लिएको नभई आगामी वर्ष हुने विन्टर ओलम्पिकको तयारी गरिरहेका हुन् । गत डिसेम्बर ४ बाट यी सैनिकहरुको तालिम सुरु भएको हो ।

योनहेप न्यूज एजेन्सीका अनुसार यो तालिम कोरिया जलसेना व्यायाम कार्यक्रमको एक हिस्सा हो । २०१३ देखि हरेक वर्ष सैनिकहरुलाई यस्तो तालिम दिइदैँ आएको छ । हिउँले भरिएको पहाडमा दुवै देशका सैनिक यस्तो कडा तालिम गरेको देख्न सकिन्छ ।