३ कार्तिक २०८३, मंगलबार

गायक संजीब प्रधानको नयाँ भिडियो सार्बजनिक

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा

अमेरिका । लामो समयदेखि अमेरिकाको बाल्टिमोर बस्दै आएका चर्चित गायक संजीब प्रधानले झोला, मेरो एउटा साथी छ नामक भिडियो सार्बजनिक गरेका छन् ।

उनले गीत गत डिसेम्बर २१ तारिखका दिन सार्वजनिक गरेका हुन् । गीत पाठशाला गीति संग्रहबाट लिइएको हो ।

शब्द र संगीत गायक संजीब प्रधान कै रहेको छ । उक्त गीत ४ वर्षअघि नोवेम्बर २१, २०१३ मा सार्बजनिक गरेका थिए ।

गीतको प्रबन्ध सुनिल बर्देवाले गरेका थिए । गीतलाई छायाँकन गरि यूट्युब मा वर्ष २०१७ को अन्तिम समयमा गरेका हुन् ।

भिडियोको छायाँकन गायक संजीब प्रधानले अमेरिकामा नै गरेका हुन् भने कलाकारहरु द्वय सुदित श्रेष्ठ तथा रिजु श्रेष्ठको छायाँकन भने नेपाल मै गरिएको हो ।

भिडियोको निर्देशन सुजता श्रेष्ठले गरेकी हुन् भने सम्पादन सुनिल श्रेष्ठले गरेका हुन् । चलचित्रकला तथा रङ्गकारक उज्वल श्रेष्ठ हुन् ।