धनगढी, १३ मंसिर । कैलालीको भासु भीरमा खचाखच यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी २४ यात्रु घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था चिन्ताजनक छ ।
दीपायलदेखि महेन्द्रनगर आउँदै गरेको महाकाली यातायातको यात्रु बहाक बस सहजपुर– २ मा रहेको भासु भीरबाट करिव ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परी मृत्यु भएका ५ जना पुरुष ३ जना महिला र एक बालकको सनाखत हुन सकेको छैन ।
घाइते भएकाहरूलाई प्रहरीले उद्दार गरी अत्तरियास्थित अस्पतालहरूमा पुराइएको छ ।
आज बिहान एक बजदेखि उद्दारमा लागेका सुरक्षाकर्मीले रातिको समय र भीरालो स्थान भएका कारण उद्दार गर्न निकै कठिनाई भएको जनाएको छ ।
दुर्घटनास्थलमा बिहान दुई बजेदेखि सेती अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी लक्ष्मण न्यौपाने, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी विक्रम चन्दसमेत पुगेका छन् ।
















प्रतिक्रिया