३ कार्तिक २०८३, मंगलबार

बसन्ती लामाको आधुनिक गीत ‘मायाको देशको राजा’ सार्वजनिक (भिडियो)

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजु बोहरा

काठमाडौँ । नेपाली गीत संगीतको खेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेकी गायिका बसन्ती लामा शेर्पाको आधुनिक गीत ‘मायाको देशको राजा’ भर्खरै सार्वजनिक भएको छ । उनले यसअघि पनि निकै लोकप्रिय गीत संगीतहरुमार्फत श्रोता/दर्शकहरुको मन जित्न सफल भैसकेकी छिन् ।

गीत संगीत आफ्नो जीवनको अभिन्न अंग बनिसकेको उनले बताएकी छिन् । ‘संगीतविनाको जीवन यात्रा म सोँच्न पनि सक्दिन । त्यसैले आगामी दिनमा यहि क्षेत्रलाई आफ्नो दैनिकी सुम्पिएर अगाडी बढ्नेछु’, उनले भनिन् ।

गायिका बसन्ती लामा शेर्पाको सुमधुर स्वरले सजिएको यस गीतलाई दिनेश सुवेदीले शब्द रचना गरेका हुन् । संगीत सयोजन तथा संगीत बाबुल गिरीले तयार पारेका हुन् । निकै रोमान्चक शैलीमा तयार भएको सो गीतको भाव जस्तै म्युजिक भिडियोलाई पनि निकै आकर्षक बनाएर सार्वजनिक गरिएको छ ।

भिडियोमा मोडेल सपना केसी र एसएलएस (ककि) को अभिनय देख्न सकिन्छ । गीतको म्युजिक भिडियोलाई दृश्य निर्माण दिपक एण्ड किसमत फिल्मी चक्करले गरेको हो भने छायांकन अनिल पुनले गरेका छन् । यस गीतको म्युजिक भिडियोको निर्देशक संगीत सागर र सह–निर्देशन सिवानी सागरले गरेकी हुन् । प्रस्तुत गीतमा गायिका लामालाई राज सरगमले साथ दिएका छन् । म्युजिक भिडियोलाई सङ्स नेपालले बजारमा ल्याएको हो ।

हेर्नुहोस् भिडियोः