दार्चुला, १२ मंसिर । माथिल्लो दार्चुलाका आधा दर्जन गाविसमा हिमपात हुन थालेपछि स्थानीयवासी बेसी झर्न थालेका छन् ।
दार्चुलाको व्यास, छाङरु घुसा, खण्डेश्वरी, राप्ला, सिप्टी, माथिल्ला भेग तथा कैलाशमान सरोवर पर्यटकीय तथा चीनको ताक्लाकोट क्षेत्र आसपासका गाविसमा बिहीबारदेखि परेको भारी हिमपातका कारण बढेको चिसोले जनजीवन कष्टकर बनेपछि बसाइँ सर्न थालेका हुन् ।
जिल्लाको उत्तरी तथा उच्च पहाडी गाविसका विभिन्न बस्तीमा हिमपात भएसँग जाडोले बस्नै नसकिने हुँदा केही स्थानीय बासिन्दा हिमपात सुरु हुनुपहिले नै बेसीतिर झरिसकेका छन् ।
मङ्सिरदेखि फागुनको अन्तिम सातासम्म यहाँका बस्तीमा बाक्लो हिमपात हुन्छ ।
उच्च पहाडी क्षेत्रका बासिन्दाले गर्मी समयमा अन्न र आलु खेती गर्छन् ।
जाडोमा उब्जनी नहुने भएकाले खेतबारी बाँझै छाड्छन् ।
समुद्री सतहदेखि तीन हजार ८५० देखि पाँच हजार ४०० मिटर उचाइको दार्चुलामा पर्ने अपी हिमालमा तीन फिटसम्म हिउँ पर्छ ।















प्रतिक्रिया