१ कार्तिक २०८३, शनिबार

विदेशको मोह त्यागेर गाउँमै बाख्रापालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bakhara Goat
काठमाडौं, १२  मगर समूदायका प्राय युवा लाहुरे हुने सपना बोक्छन्। सके वेलायती वा भारतीय, नसके नेपाली सेनामा भर्ती नहुने युवा युरोप तथा अमेरिका र हङकङलाई दोस्रो गन्तब्य बनाउँछन्। नसके खाडी र मलेसिया।

तर, उत्तरी पर्वतको शालिजा गाउँका दुई युवाले भने सबै कुरा त्यागेर गाउँमै ठूलो लगानीमा बाख्रा पालन सुरू गरेका छन्।

१५ लाख रूपैयाँ लगानी गरेर शालिजा २ का बलबहादुर पुन र जीतमन पुनले गाउँमै बाख्रा पालन सुरू गरेका हुन्।

गत वर्ष सुरू व्यवसायमा हात हालेका युवाले ५ सय बाख्रा पाल्ने योजना बनाएका छन्। अहिले उनीहरूको फर्ममा १२० वटा बाख्रा पुगेका छन्।

२ वर्षमा ५ सय पुर्‍याउने योजना छ, फार्म सञ्चालक बलबहादुरको।

‘विदेश जानुभन्दा गाउँमै प्रसस्तै आम्दानी हुने देखेर लगानी गरेका हौ,’ पुनले भने, ‘सबै युवा लाहुरे हुने कुरालाई पहिलो प्राथमिकतामा राख्छन्, हामी गाउँमै राम्रो सम्भावना देखेर बाख्रा पालनमा लागेका हौ।’