बाँके, १२ मंसिर । नेपालगन्ज क्षेत्रका उद्योगी व्यवसायीहरु कर छल्न खोज्दा जरिवानामा परेका छन्।
थोरैको कारोवारले देखाएर कर छल्न खोज्दा धेरै उद्योगी व्यवसायीहरु जरिवानामा परेको आन्तरिक राजश्व कार्यालय नेपालगन्जले जनाएको छ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख कर अधिकृत जीवन बासकोटाले सो कुरा जनाउदै कर छल्नेहरु बिरुद्ध कडाई गरिएको जनाए।
प्रमुख कर अधिकृत बासकोटाका अनुसार एक हजार देखि २० लाखसम्म कारोबार गर्ने ब्यबसायीहरु मध्ये ६ सय ४५ को विवरण फरक परेको छ भने २० लाख भन्दा बढि कारोबार गर्ने ६ सय ५१ जना ब्यबसायीले कर छलेको पाइएको छ।
उनीहरुलाई मंसिर मसान्त सम्ममा जरिवाना सहित कर बुझाउन निर्देशन दिएको आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख बास्कोटाले बताएको समाचार आजको कारोवार दैनिकले छापेको छ ।
उनले भने, ‘मंसिर मसान्त भित्र करोबारको घोषणा र कर बुझाइसक्नु पर्छ। अन्यथा थप कारवाही अगाडी बढाउनु पर्ने छ।’
प्रमुख कर अधिकृत वासकोटाले कारोबार छल्दा करदाता नै समस्यामा परेको बताएका छन्।
उनले करदाताले खातापाता हचुवाको भरमा राखेकाले मिस म्याच भइरहेको पनि बताए।
उनले भेने– १९ लाख करोबार गर्नेले २/३ लाख देखाए , अहिले उनीहरु २०/३० हजार जरिवानामा परेका छन्।
एक हजार माथि १९ लाख ९ हजार ९ सय ९९ सम्म कारोबार गर्ने दुई हजार कर तिर्दा भइहाल्थ्यो, कर छल्न खोज्दा वा नजानेर उनीहरु समस्यामा परेका छन् उनले उद्योगव्यवासायीहरुले कर शिक्षा जान्ने तर्फ समेत ध्यान नदिएको पाईएको छ।















प्रतिक्रिया