२९ आश्विन २०८३, बिहिबार

रक्सी सेवनले यसरी हुन्छ कलेजोमा समस्या

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रक्सी सेवनका कारण ५० प्रतिशत बिरामीमा कलेजोको समस्या रहेको पाइएको छ । वीर अस्पतालको लिभर (कलेजो) युनिटमा भर्ना भएका बिरामीमध्ये कम्तीमा ५० जना बिरामीको रक्सी सेवनका कारण कलेजोमा समस्या भएको पाइएको हो ।

वीर अस्पतालका कलेजोरोग विशेषज्ञ डा। सुधांसु केसीले अस्पतालको लिभर युनिटमा भर्ना हुने बिरामीमध्ये ४० देखि ५० प्रतिशतमा रक्सी सेवनका कारण कलेजोमा समस्या भएको बताए ।

कलेजो रोगको उपचारका लागि वीर अस्पताल सबैभन्दा उत्तम मानिन्छ । केसीका अनुसार वीर अस्पतालमा दैनिक ४० जना कलेजोको समस्या भएका बिरामी आउने गरेका छन् । उनीहरूमध्ये कम्तीमा ५० जनाको रक्सी सेवनले कलेजो बिग्रिएको पाइएको छ । ‘हेपटाइटिस सी र ए बाट कलेजो बिग्रिएका बिरामी पनि उल्लेख्य मात्रामा देखिने गरेका छन्’, डा. केसीले भने ।

जन्डिस, पेटमा पानी जम्ने, हातखुट्टा सुनिने र रगत बान्ता हुनेजस्ता समस्या बिरामीमा बढी देखिएको छ । डा. केसीले जन्डिस हुनासाथ ८० प्रतिशत बिरामी आयुर्वेदिक औषधि उपचारमा लाग्ने गरेको बताए ।

आफैँ निको हुने जन्डिस मात्रै ठीक हुन्छ, नत्र आयुर्वेदको औषधिले उपचार सम्भव नहुने चिकित्सक केसीको भनाइ छ । रक्सीले कलेजोको समस्या भएका बिरामीको संख्या अस्पतालमा बढ्न थालेपछि चिकित्सकहरूले रक्सी सेवन नगर्न आग्रह गरेका छन् ।