३० आश्विन २०८३, शुक्रबार

विवेकशील साझाको अबको बाटो

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुनिलमणि दाहाल/सरगम भट्टराई

शिक्षा, स्वास्थको चरम नीजिकरण र दलगत हस्तक्षेप, राज्यको सेवा र विकासमा मौलाएको भ्रष्टाचार र लुटतन्त्र, ठेकेदार र डनको राज्य र प्राकृतिक श्रोत उपरको लुट, संक्रमणकालीन न्याँयको हत्या, चरम वेरोजगारी, ओरालो लागेको अर्थतन्त्र आदिको निरन्तरताले देश उधोगति तर्फ उन्मूख छ जुन ध्रुव सत्य हो र यसमा कुनै दुई मत छैन।

गणतान्त्रिक नेपालको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भर्खरै सम्मन्न भएको छ। नेपाली जनताले नेकपा एमाले र माओवादी केन्द्रको बाम गठवन्धलाई वहुमत सहित आगामी पाँच वर्षका लागि राज्य संचालनको जिम्मेवारी दिएका छन।दुवै दलसंग पूर्व सरकार चलाएको अनुभव छ भने देशको दुर्दशा हुनुमा दुवै उत्तिकै जिम्मेवार पनि छन। दुवै दुई तिहाइमा खेलेर राज्य विखण्डनको खेल विदेशीले खेली राख्लान भन्ने डर पनि त्यत्तिकै छ।उता, नेपालमा प्रजातन्त्रका लागि लामो राजनीति गर्दै आएको नेपाली कॉंग्रेसको अवस्था दयनीय भएको छ,समानुपातिकले केहि ईज्जत बचाएता पनि प्रत्यक्ष तर्फ ईतिहाँसकै लज्जास्पद हार भएको छ।पुराना दल तर्फ मधेशवादीहरू साईजमा आए भने राजावादी दलहरू बढारिए।

लेखकद्वय

‘सुसंस्कृत राजनीतिको प्रवर्धन गरी समृद्द नेपाल बनाउने’ अठोटका साथ चार महिना अगाडि संयुक्त रूपमा स्थापित विवेकशील साझा पार्टीले राष्ट्रिय पार्टी हुन आवश्यक थ्रेस होल्ड पूरा गर्न सकेन, तथापि दुई लाख वाह्र हजार भन्दा वढि जनमत प्राप्त गरी छैठौँ ठूलो दलमा प्रवेश गर्न सफलता प्राप्त गर्यो।

नेपालको वर्तमान वेथितिको अन्य गरी राजनीतिक सुसंस्कारको स्थापना हुनु पर्दछ र हाम्रै जीवनकालमा समृद्धि हेर्न पाउनु पर्दछ भन्ने स्वतन्त्र वुद्दिजीवी र शिक्षित वर्गको चाहाना रहदै आएको छ। यसै चाहनालाई विवेकशील साझाले समर्थन गर्दै आएको सन्दर्भमा नेपाललाई सुसंस्कृत राजनिति मार्फत सम्वृद्ध वनाउन विवेकशील साझाको अवको वाटो कस्तो हुनु पर्ला भन्ने बहसलाई केलाउदा निम्न अनुसारको नीति अवलम्वन गर्नु पर्ने देखिन्छ।

१- “समृद्धि हाम्रै जीवनकालमा” को मूल उदेश्य /नारा सहित पार्टीको दस्तावेज़ वनाउने, केन्द्रीय नेताहरू/संयोजकहरूलाई प्रशिक्षण/तालिम दिने,

२- सबै प्रदेशमा “प्रदेश संयोजक”को चयन गर्ने र तालिम/प्रशिक्षण दिने,

३- आ-आफ्नो प्रदेशमा पार्टीको दस्तावेज़ अनुसार पार्टीका योजनाहरुको प्रचार प्रसार गरी प्रत्येक निर्वाचन क्षेत्रहरूमा “स्थानीय संयोजक” हरू छनौट गरी प्रशिक्षण/तालिम दिने

४- स्थानीय संयोजक मार्फत आ-आफ्नो क्षेत्रमा पार्टीको दस्तावेज़ अनुसारको कार्यक्रम र योजनाका वारेमा अन्तरकृया /छलफल चलाई पार्टी संगठन स्थापना गर्दै जाने,

५- स्थानीय तहमा हुने बेथिति रोक्न तथा बिकास निर्माण, स्थानीय प्रशासन र कर्मचारीतन्त्रको कार्यशैली अनुगमन गर्न ‘नागरिक निगरानी समूह’ निर्माण गर्ने,

६- भ्रष्टाचार बिरुद्द शून्य सहनशीलताको पक्षमा समूदायमा आवाज़ उठाउने, विकाश निर्माणका लागि आएको वजेट र कार्य लागतलाई पारदर्शी वनाउन दवाव दिने,

७- उद्यमशीलता बिकासमा युवाहरुलाई प्रशिक्षण दिने, रोजगारीका लागि पहल गर्ने,

८- जनताका समस्याहरुलाई सक्दो समाधान गर्न पहल गर्ने, सरकारमा नभए पनि जनताको काम गर्न सकिन्छ भन्ने उदाहरण पेश गर्ने,

९- राजनीतिक आस्थाका कारण गरिने भेदभावहरू तथा थिचोमिचोका समस्याहरू सुन्ने र अन्यायमा परेका गाउँलेहरुको लागि आवाज उठाई “विवेकशील साझा हामी संग छ ” भन्ने अनुभूति दिन सक्ने कार्य प्रस्तुत गर्ने,

१०- शान्तिपूर्ण विरोध प्रदर्शन गरी नमूनाका रूपमा आफूलाई स्थापित गराउने। जनतालाई प्रतक्षरूपमा असर गर्ने हडताल, वन्द जस्ता अराजक कार्यलाई निरूत्साहित गर्दै जनताहरूलाई यसको प्रभाव र असरका वारेमा सचेत गराउने,

११- शिक्षा, श्वास्थ र कर्मचारी क्षेत्रमा खोलिएका राजनीतिक संगठनहरूको विरोध गर्ने, त्यसवाट जनतालाई पर्न गएको असर र मौलाएको विसंगतिका वारेमा व्यापक प्रचार प्रसार गरी निस्कृय वनाउन जन दवाव दिने।

१२- सुसंस्कृत राजनीतिको प्रवर्धन गरी समृद्द नेपाल बनाउने पार्टीका योजनाहरुको प्रचार प्रसार गरी आगामी पाँच बर्षमा प्रमूख राजनैतिक शक्ति बनाउन ब्यापक रुपमा परिचालित हुने।

१३- “समृद्धि हाम्रै जीवनकालमा”- पार्टीको दस्तावेज़ सहित विवेकशील साझाका शिर्ष नेताहरू/वक्ताहरू नेपालको कुटनैतिक सम्वन्ध भएका मूलुकहरूको भ्रमण गरी पार्टीको नीति र कार्यक्रमका वारेमा व्यापक प्रचार प्रसार गर्ने तथा प्रवासी नेपाली समुदाय विच अन्तरकृया गर्ने।

यसका लागि प्रवासमा रहेका शुभ चिन्तकहरूको भूमिका कस्तो हुनु पर्दछ?

१- सवै सद्भाव राख्नेहरू संगठित हुने,
२- पार्टीको ब्यापक प्रचार प्रसार गर्ने,
३- आर्थिक सहयोग जुटाउन विभिन्न कार्यक्रमहरू गर्ने,
४- देशमा मौलाएको वेथितिको विरोध गर्ने, विभिन्न माध्यमवाट दवाव सृजना गर्ने।