डीसी । अमेरिकाको एटलान्टाको जर्जियाबाट रिदम स्क्रिन क्रिएसनले नेपाली चलचित्रको अभिनेत्री नन्दिता केसी अभिनित ‘सङ्गलो यो मन’ नयाँ नेपाली गीतको भिडियो सार्बजनिक भएको छ ।
एटलान्टाको जर्जियास्थित काठमाडौं किचेन ग्रिलमा गत डिसेम्बर १६ तारिख अमेरिकाको एटलान्टाको जर्जियामा छायाँकनको भिडियो शुभारम्भ गरेको थियो छ ।
रिदम स्क्रिन क्रिएसनले उक्त ‘सङ्गलो यो मन’ गीतको भिडियो डिसेम्बर १७ तारिखदेखि मात्र आधिकारिक रुपमा सार्बजनिक गर्ने जानकारी दिएको छ ।
म्युजिक भिडियोमा नायिका नन्दिता केसी तथा भानु तिवारीको मुख्य अभिनय रहेको छ ।
गीतमा स्वर किरण गजमेर र टीका लामिछानेको रहेको छ भने संगीत अम्बर तुम्बापो सुब्बाको रहेको छ । शव्द मनीष अधिकारीले दिएका छन् । संगीत व्यवस्थापन कमल राईले गरेका छन् ।
भिडियोको निर्देशन कमल राई तथा भुवन रनपालको रहेको छ । छायांकन सुरेन्द्र मान सिंहको रहेको छ । भिडियोको सम्पादनकमल राईले गरेका छन्
।
रिदम स्क्रिन क्रिएसनले दिलिप दाहाल, प्रकाश दर्नाल, बिएम खालिंग, सिमन रमदम, सन्तोष रमदम तथा सुरज राईलाई विशेष धन्यवाद दिएको छ ।















प्रतिक्रिया