३ कार्तिक २०८३, मंगलबार

ओलीलाई बधाई दिन बालकोट पुगे राजेश हमाल, यस्तो भयो रोचक बहस

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १ पुस । वाम गठबन्धनले निर्वाचनमा स्पष्ट बहुमत ल्याएकोमा महानायक राजेश हमालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बधाइ दिनुभएको छ ।

शनिबार ओली निवास बालकोट पुगेर हमालले आगामी सरकारको नेतृत्व गरेर देशलाई स्थिरता, शान्ति र विकासको महायात्रामा अगाडि बढाउन ओलीलाई शुभकामना दिनुभएको हो । ‘तपाईको राष्ट्रियताको अडानले आम नेपालीहरु उत्साहित भएका छन्, अब देशलाई विकास र समृद्धितर्फ लैजानुस्, हाम्रो साथ रहनेछ,’ हमालले भन्नुभयो ।

जवाफमा एमाले अध्यक्ष ओलीले देश र जनताले आफूलाई गरेको विश्वास दिएको जिम्मेवारीबाट विमुख नहुने बताउनुभयो । ‘जनता र देशले मलाई जुन विश्वास र जिम्मेवारी दिएका छन् त्यसलाई म कुशलतापूर्व निर्वाह गर्नेछु,’ उहाँले भन्नुभयो, ‘देश र जनताका निम्ती मैले निर्वाह गरेको भूमिकाबाट कसैलाई पनि पछुतो हुने छैन ।’

महानायक हमालसँगको भेटमा ओलीले चलचित्र हिरोहरुले चलचित्रमा अभिनय मात्र होइन, देश बनाउन भूमिका निवार्ह गर्नुपर्ने विश्वास दिलाउनुभयो । हमालले भने देशले आफूहरुबाट गरेको अपेक्षा पुरा गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो ।