३ कार्तिक २०८३, मंगलबार

यस्तो छ सलमान खानले विहे नगर्नुको रहस्य, रेखाले गरिन खुलासा

7.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउडका चर्चित अभिनेता सलमान खानले उमेर ५० कट्दा पनि विहे गरेका छैनन् । उनको विहे कहिले र को सँग होला भन्ने दर्शकको मनमा प्रश्न निरन्तर रहँदै आएको छ । यति मात्रै होइन उनले विहे कहिले गर्ने भन्ने सञ्चारकर्मीको प्रश्न बारम्बार सामना गर्दैआएका छन् ।

यस्तो बेला बलिउडकी वरिष्ठ अभिनेत्री रेखाले सलमानले विहे नगर्नुको राज खोलेकी छन् । सलमानको लोकप्रिय रियालिटी शो ‘विग बोस’का सेटमै गएर रेखाले विहे नगर्नुको रहस्य खोलेकी हुन् ।

सेटमा उक्लिएर रेखाले सलमानको पोल खोल्दै भनिन– आजभन्दा ४ देखि ५ वर्ष पहिलेको कुरा हो । जब विहानको समयमा मुम्बईको बान्द्रामासलमान मेरो मेरो पछिपछि मर्निङ वाक गर्दै आएका थिए । र, फर्किनेबेला सलमानले आफ्नी आमा सलमासँग भनेका थिए की म उमेर पुगेपछि रेखासँग विहे गर्नेछु । रेखाले अगाडि हास्दै भनिन्– यसैकारण सलमानले आजसम्म विहे गरेका छैनन् ।

सलमानको आगामी फिल्म ‘टाइगर जिन्दा है’ २२ डिसेम्बरमा प्रदर्शनमा आउँदैछन । यद्यपी सलमान अहिले आफ्नो फिल्म ‘रेश ३’को शुटिंगमा व्यस्त छन् ।