२९ आश्विन २०८३, बिहिबार

आर्थिक कुटनीतिमा सरकार र एनआरएनको हातेमालो थाईलेन्डबाट शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4

थाइल्याण्ड । गैर आवासिय नेपाली संघका अध्यक्ष शेष घले र थाईलेन्डस्थित नेपाली समुदायबीच एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गैर आवासिय नेपाली संघ थाईलेन्डद्वारा  आयोजित उक्त कार्यक्रम बैंकक स्थित  हिमालय रेसिडेन्सको कन्फरेन्स हलमा  आयोजना भएको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष घलेले  नेपालको आर्थिक समुन्नतिको लागि थाईलेन्डबाट केहि महिना अगाडि मात्र सुरु भएको  स्थानीय नेपाली  नियोग र एन आर एन थाईलेन्ड सहकार्य अत्यन्त प्रशंसनीय रहेको र  यो अभियान बिश्व भरिनै फैलाउन सके नेपालको  आर्थिक उन्नतिमा प्रतक्ष्य प्रभाव पर्ने बताउनु भयो।

नेपाल सरकारले प्रवासमा बढ्दै गएको सीपयुक्त नेपाली जनसक्तिले देशको भविस्यमा पुराउन सक्ने सकारात्मक योगदानलाई अहिले नै आँकलन गरेर एनआरएनलाई एक ससक्त साझेदारीको रुपमा उपयोग गर्नुपर्ने घलेको सुझाव रहेको थियो। घलेले एनआरएनको दिगो विकाशको लागि आफु लागि परेको बताउदै, संस्थाका वर्तमान र भावी योजनाहरुको बारेमा प्रस्ट्याउनु भएको थियो ।

सोहि कार्यक्रममा बोल्दै कार्यबाहक राजदुत डोरनाथ अर्यालले एनआरएन थाइलेण्ड ले बिगत एक बर्समा नेपाली समुदायको हित र नेपालको पर्यटनको बिकाशमा उल्लेख्य योगदान  पुर्याउन सफल भएको जनाउनु भयो । अर्यालका अनुसार लागु पदार्थ को कारोबार र मानब तस्करीमा भेटिएको नेपाली को संलग्नताले नेपालको नाम बिर्गीदै गएको र तेस्लाई सबैले मिलेर निरुत्साहित बनाउनु पर्ने विचार ब्यक्त गर्नु भएको थियो ।

नेपाल सरकारको नीति अनुसार थाइलेडं मा एनआरएन लगायत का संस्थाहरुलाई समेटेर केहि महिना अगाडी आर्थिक कुटनीतिक समिति स्थायी रुपमा गठन गरि अगाडी बढिरहेको जानकारी गराउनु भयो  । यो अभ्यास सम्भबत बिश्वमै पहिलो र नमुना कार्य भएको दाबी कार्यक्रमका बक्ताहरुले गरेका थिए ।

त्यस्तै गरेर एन आर एन थाईलेन्डका  अध्यक्ष खगेन्द्र राज ढकाल ले बिगत एक बर्षमा नेतृत्व बिकाश तालिम, नेपाल महोत्सब, फ्यानस अफ नेपाल कार्यक्रम, दुताबासका सेवाको लागि स्वयं सबक परिचालन, आपत बिपत सहयोग कार्यक्रम,  बुद्ध जयन्ति, जेल भिजिट , नेपाली भाषा प्रशिक्षण, खेलकुद को बिकाश  एबम नेपाली चाड पर्बहरुलाई नियमित मनाउने संस्कार सुरु गरेको बताउनु भयो ।

ढकालका अनुसार  एनआरएन थाईलेन्डमा रहेका स्थानीय नेपाली संस्थाहरुको कार्यक्रमहरुलाई प्रोत्साहन र बिकाश गर्न आफुहरुले प्राबिधिक सहयोग गरिरहेको पनि बताउनु भयो । किंग मोङ्ग्कुट युनिभर्सिटी अफ टेक्नोलोजीका सहायक डिनको रुपमा कार्यरत अध्यक्ष ढकालले  चाडैनै शिक्षा क्षेत्र मा एक परियोजना लिएर नेपाल जाने योजना रहेको पनि खुलासा गर्नु भयो र जसका लागि आबस्यक बजेट को पनि तयारी भैरहेको जनाउनु भयो ।

उक्त अन्तरक्रिया कार्यक्रममा  युनिसेफ थाइलेडंका प्रमुख विजय राज भण्डारी, युनेस्क्याप थाईलेन्डका मदन रेग्मी, थाई(नेपाल चेम्बर  अफ कमर्सका उपाध्यक्ष रमेश हमाल, एन आर एन थाईलेन्डका उपाध्यक्ष कुमार कार्की, एन आर एन थाईलेन्डका सचिव अरुण राज भट्टराई,  सह सचिब  बिश्व  धिताल, सह कोषाध्यक्ष सागर लामा, सल्लाहकार एवं इन्जिनियर बिजय आचार्य,  एन आर एन थैलेंड़का संस्कृतिक बिभाग प्रमुख राज कर्माचार्य , स्थानीय थाई नेपालीका प्रतिनिधि  एबम एन आर एन थाईलेन्डका संरक्षक डेविड खनाल, एन आर एन थाईलेन्डका पूर्व उपाध्यक्ष रुपाली आचार्य,  बैंकक स्थित नेपाली मन्दिरका  पण्डित अशोक घिमिरे , पताया साखाका संयोजक महेन्द्र श्रेष्ठ बैंकक साखाका सचिब गणेश खनाल लगायत स्थानीय नेपाली ब्यबसायी असाजिता अवाले , राकेश अग्रवाल, रविन महर्जन , संजय ढकाल लगायतका नेपाली समुदायका प्रतिनिदिधिहरुले थाईलेन्ड स्थित नेपाली डाएस्पोराले नेपालको सम्वृद्धिमा पुर्याउन सक्ने योगदान र तत्काल नेपाल सरकारको नीतिगत तहमा देखिएका समस्याहरुका बारेमा आ(आफ्ना धारणाहरु राख्नु भएको थियो।

तिन पुस्ता  अगाडीदेखि थाइलेन्दमा बसोबास गर्दै आएका नेपालीलाई सरकारी एनआरएन कार्डमा नेपाली खुल्ने कगजाजको रुपमा थाई सरकारद्वारा इस्सु गरिएका कगजाजहरुलाई मान्यता दिनुपर्ने र नेपाली मुलका थाई  विद्यार्थीहरुलाई नेपालमा अध्ययनको लागि सहुलियत पुराउन  एनआरएन भिसाको लागि पहल गरिदिन लिखित माग पनि राखिएको थियो।

उक्त दुवै मागहरु उपयुक्त र देशलाई सकारात्मक प्रभाव पार्ने प्रकृतिका भएकोले आफुहरुले  त्येसको लागि आवस्यक पहल गर्ने  अध्यक्ष घले, कार्यबाहक राजदुत डोरनाथ अर्याल र एनआरएन थाईलेन्डका  अध्यक्ष खगेन्द्र राज ढकालले प्रतिबद्दता ब्यक्त गर्नु भएको थियो। त्यस्तैगरि नेपालमा लगानीको सम्भाबना र नीतिगत अप्ठ्याराहरुलाई आगामी संबिधानमा सम्बोधन गर्नका लागि एन आर एनले पहल गर्नु पर्ने माग ब्यबसायीहरुले गरेका थिए।

अन्तरक्रिया  कार्यक्रम  को संचालन एनआरएन थाईलेन्डका सचिव  अरुण राज भट्टराईले गर्नु भएको थियो र अन्तरक्रियामा उठेका  हरेक विसयहरुलाई  खुला रुपमा छलफल गरिएको थियो। कार्यक्रममा करिब ५ लाख नेपाली रुपया काठमान्डू मा एनआरएनए भबन निर्माणको लागि थाईलेन्डबाट  सहयोग जुटेको जानकारी अध्यक्ष घलेलाई दिईएको थियो।  अन्तरक्रिया लगत्तै अध्यक्ष घलेको सम्मानमा एक रात्रिभोजको पनि योजना गरिएको थियो।