२९ आश्विन २०८३, बिहिबार

रक्तदान गर्न अमेरिकाबाट आयरल्याण्ड पुगे मैनाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mainali-amarica

विजय थापा
भर्जिनिया । काभ्रे घर भै हाल न्युयोर्कमा बसोबास गर्दै आएका अर्जुन मैनाली रक्तदान गर्न अमेरिकाबाट आयरल्याण्ड पुगी रक्तदान गरि सोही दिन अमेरिकाको न्युयोर्क फर्केका छन्  ।

नोभेम्बर २४ तारिखका दिन आइरिस रक्त संचार सेवा आयरल्याण्डमा नेपाली समुदायहरुको पहलमा भएको रक्तदान कार्यक्रममा सहभागी भै आफुले १ सय २९ औ पटक रक्तदान गरेको बताएका छन्  ।  आयरल्याण्डमा रहेका करिब २२ जना नेपाली समुदायका नेपालीहरुले समेत रक्तदान गरेको बताए ।
उनले प्रवासमा रहेका नेपाली समुदायमा ब्यापक रुपमा रगत दान हुन् सकेमा नेपालका युवाहरुलाई पनि रगत दान गर्न थप हौशला मिलोस भनि आफुले बिश्वब्यापी रुपमा नेपाली समुदायमा रगत दानमा आफु सशक्त रुपमा लागेको बताए ।

दुई हजार भन्दा बढी नेपालीहरु बसोबास गर्ने आयरल्याण्डमा सन् १९८४ देखि जान थालेको उनले बताए ।  उनले रक्तदान कार्यक्रममा गैर आवासीय नेपाली संघ आयरल्याण्ड अध्यक्ष गणेश प्रसाई, आयरल्याण्ड नेपाली समाजका महासचिब गंगाराम कंडेल तथा रक्तदान कार्यक्रमका संयोजक प्रकाश सापकोटाको संयुक्त प्रयासमा भएको जानकारी गराए ।

२०१४ को ११ महिनामा अमेरिका, क्यानाडा, बेलायत, बर्मुडा, मकाउ र आयरल्याण्डका नेपालीहरुसंग ६ पटक होल ब्लड र न्युयोर्कमा १० पटक प्लेट्लेट्स सहित १६ पटकमा ६,८५० एम एल रगत दान गरेको मैनालीले बताए ।

साधारण नेपालीहरुले रगत दान भन्दा ४ गुणा बढी हो भन्दै यति धेरै  रगत दान गर्न सकिदो रहेछ भन्दै अन्यलाई कम से कम  बर्षमा एक पटक रगत दान गर्न उत्प्रेरणा गर्न प्रयास गरेको बताए  ।

अन्तराष्ट्रिय नेपाली रक्तदाताका अध्क्षय समेत रहेका अर्जुन मैनालीले सन् १९८७ अगष्ट २० मा बिशाल बजार लायन्स क्लबले आयोजना गरेको कार्यक्रममा पहिलो पटक रगत दान गरेको बताए  ।