काठमाडौं । सुगम संगीतमा अहिलेका लोकप्रिय गायकमध्ये पर्छन् प्रमोद खरेल ।
सयौं चर्चित गीतका गायक खरेलले पहिलोपल्ट गायिका अनिता चलाउनेसँग देउडा गीत गाएका छन् । पत्रकार डिबी खड्काले लेखेको र विनोद बाजुरालीले संगीत दिएको ‘देउडा खेल्छु चट्टै’ गीतका म्युजिक भिडियो शुक्रवार रिलिज भएको छ ।
उक्त देउडा गीतको म्युजिक भिडियोमा शंकर विसी र अञ्जली अधिकारी नाचेका छन् । शंकर विसीले नै निर्देशन गरेको म्युजिक भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन् । यसअघि यो समूहको सहकार्यमा बनेको देउडा गीत ‘हुन्यावाली जीवन साथी’ चर्चित छ ।

















प्रतिक्रिया