२९ आश्विन २०८३, बिहिबार

लण्डनस्थित नेपाली राजदुताबासका लागि लोकतन्त्र बन्यो मृगमरिचीको कथा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सबिन कार्की
लण्डन । दश  बर्षे जनयुद्धको अन्त्य गर्दै आठ बर्ष अघि नेपालमा लोकतन्त्रको स्थापना भयो । तर, लण्डनस्थित नेपाली राजदुताबासमा भने अहिलेसम्म पनि लोकतन्त्रको अनुभुति हुन सकेको छैन । नत यहाँको प्रशासनिक काममा लोकतान्त्रिक परिपाटी देखिन्छन त न भौतिक संरचनामा नै।

यसको पछिल्लो एक नमूना ७  नबेम्बरको हो । एमआरपी बनाउने सिलसिलामा उक्त दिन ठिक१२ बजेर ४६ मिनेटमा यो सम्बाददाता दुताबास परिसर पुगेको थियो ।

त्यहाँ पुग्दा त्यहाँस्थित पासपोर्ट तथा भिसा सेक्शनमा अव्यवस्थित मात्र देखिदैँनथ्यो ।  विन्डोहरु माकर्मचारी त थिए । तर, ब्रेक हुनु १५ मिनेट अघि नै ब्रेक भइसक्यो भनेर राहदानीको फारम लिन मानेका थिएनन्।

त्यति मात्र होइन भित्तामा पुराना र मधुरा सार्बजनिक सुचना त देखिन्थे तर व्यक्तिगत समस्या सम्बन्धि सोध–पुछ गर्ने कुनै ठाउँ थिएन।  केही समस्या भए१५–२०मिनेट कुरेर पालो पर्खेर विन्डोमा जाने अनि समाधान खोजेर फेरि१५–२०मिनेट कुरेर फारम बुझाउने बाहेक अरु केही विकल्प त्यहाँ देखिदैन थियो ।

म कार्यालय खुल्ने प्रतिक्षामा बसेँ । २ बजे  कार्यालय त खुल्यो, तर फारम मिलेन, सच्याएर ल्याउनु पर्यो।  सच्याएर ल्याएपछि अर्को कुरा मिलेन, फेरि सच्याउनु पर्यो।  कर्मचारीले भने अनुसार फेरि मैले सच्याएर ल्याए ।

पछि पहिले त्यही कर्मचारीले मिल्छ भनेको फाृेटो मिलेन।  अब सबै मिलाएर अर्को दिन आउनुउहोस् आजलाई कार्यालय बन्द भयो भन्ने उर्दी कर्मचारीबाट भयो।

तर नियम अनुसार बन्द हुने ३ बजे समय अझै १० मिनेट बाँकी नै थियो ।  सेकेन्ड–सेकेन्डको महत्व हुने लण्डन जस्तो ब्यस्त सहरमा दुताबासका कर्मचारीलाई समयको न  कुनै महत्व थियो न प्रवाह नै ।
  दृष्य नं २
भित्ताभरि ल्याप्चे लगाउँदा हातमा लागेको रंग पुछिएका टाटाहरु देखिन्थे।  दुताबासले नै एउटा पुरानो हात पुछ्ने रुमालको ब्यबस्ता गरिदिएको रहेछ । तर, त्यहाँ कसैले रुमालले हात पुछेको देखिदैन थियो।

फोहोर भुइँ, बर्षौदेखि नपुछिएको ऐना, पुरानो एउटा टेबल, फोहोर ट्वाइलेट, चुकुलनै नलाग्ने ट्वाइलेटका ढोकाहरु, मान्छेको अब्यबस्थित भिडभाड ती सबैले उक्त कार्यालय अव्यवस्थित सरकारी कार्यालयको नमूना देखिन्थ्यो ।

त्यति मात्र होइन देशको राजदुताबास जस्तो गरिमामय संस्थामा काम गर्ने कर्मचारीको शरीरमा सरकारी कार्यालयको पोसाकसमेत थिएन । कर्मचारीको ब्यबहारमा सिस्टता भन्ने शव्द दुर्लभ जस्तै देखिन्थ्यो अनुहारमा मुस्कान त निक्कै परैको कुरा ।

अझ अचम्म लाग्दो कुरा त राजतन्त्र हटेको यत्तिका वर्ष बितिसक्दा पनि बेलायतको नेपाली राजदुताबासका भित्ताहरुमा भने शाहीकालको झल्को दिलाउने पोस्टरहरु झुन्डिएका देखिन्थे।

नेपालको प्रकृतिक र संस्कृति झल्काउने उक्त तस्बिरहरुमा अंग्रेजीमा ‘रोयल नेपाल्स’ भनेर लेखिएको देखिन्थ्यो।ती तस्बिरहरुले अझैपनि नेपालमा राजसंस्था जीवितरहेको संकेत गर्थे ।