काठमाडौं । चर्चित युवा नायक अनमोल केसीको अभिनय रहेको बहुप्रतिक्षित फिल्म ‘कृ’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार ग्रान्ड प्रेसमिट गर्दै कृ को प्रोमो रिलिज गरिएको हो । ट्रेलरमा अनमोल पहिलोपटक एक्सन अवतारमा प्रस्तुत भएका छन् । ‘कृ’ मा उनलाई लभर कम र एंग्री ज्यादा देखिन्छ ।
सुवास गिरी र भुवन केसीको संयुक्त निर्माण रहेको फिल्म कृ मा अनमोलसँगै नव नायिका अदीति बुढाथोकी र अनुपविक्रम शाहीको मुख्य भूमिका रहेको छ । माघ २६ गतेदेखि प्रदर्शनमा आउने अनमोलको यो पाँचौ फिल्म सर्वाधिक प्रतिक्षामा छ ।
हेर्नुस् भिडियोः
















प्रतिक्रिया