२९ आश्विन २०८३, बिहिबार

एम्बुलेन्स सञ्चालनका लागि बेलायतका नेपालीद्वारा करिब ११ लाखको कोष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी । म्याग्दीमा एम्बुलेन्स सेवा सञ्चालनका लागि बेलायतमा रहेका प्रवासीले करिब रु ११ लाखको अक्षयकोष स्थापना गरेका छन् ।

म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेलायतले रु १० लाख ८० हजार २८० को एम्बुलेन्स सेवा अक्षयकोष स्थापना गरेको हो ।

मोना बेलायतका पूर्व अध्यक्ष योगकुमार फगामीले बिहीबार बेनीमा आयोजित कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीमार्फत नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाका सभापति लेखबहादुर हमाललाई अक्षयकोषको नगद रकम हस्तान्तरण गर्नुभयो ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका सर्वसाधारणको स्वास्थ्य उपचार सेवामा सहज पहुँच बढाउन मोना बेलायतले यसअघि विसं २०६९ मा नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखालाई तीनवटा एम्बुलेन्स सहयोग गरेको थियो ।

रेडक्रसमार्फत सञ्चालन भइरहेका एम्बुलेन्सको मर्मत सम्भार, व्यवस्थापन र प्रभावकारी सेवा प्रवाह गर्न अक्षयकोषको ब्याज परिचालन गरिने मोना म्याग्दीका अध्यक्ष तथा रेडक्रस शाखा उपसभापति सुवासकुमार श्रेष्ठले बताउनुभयो । र