३ कार्तिक २०८३, मंगलबार

प्रियंका, देवेन्द्र र प्रतिक्षाको मिश्रण ‘मलाई छोडेन तिम्रो मायाले…’

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायिका प्रतिक्षा गुरुङको स्वरमा रहेको ‘मलाई छोडेन तिम्रो मायाले…’ बोलको गीतको म्युजिक भिडियो निर्माण भएको छ । एकहप्ता अगाडि यो गीतको म्युजिक भिडियो बनेको निर्देशक देवेन्द्रराज पाण्डेले बताए ।

गीतका शब्द शिव हमालको हो । म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की र पुष्प खड्काको अभिनय रहेको छ । धेरै डान्सरहरू राखेर बनाइएको म्युजिक भिडियोलाई प्राविधिक रुपमा पनि उत्कृष्ट बनाइएको छ । ‘म्युजिक भिडियो साधारण बनाएर अब चल्दैन’, निर्देशक पाण्डेले भने, ‘अलिक भिन्दै स्वाद र अनुभूति दिन सक्नुपर्छ । नयाँ भिडियोमा त्यो प्रयोग गरिएको छ ।’

गायिका प्रतिक्षा गुरुङले पनि आफ्ना गीतका म्युजिक भिडियोभन्दा ‘मलाई छाडेन तिम्रो छायाँले…’ बोलको गीतको भिडियो फरक बनेको बताइन् । ‘४–५ वटा मेरो गीतका भिडियोहरू बनेका छन् । सबै भिडियो ठीकै छन्’, गायिका गुरुङले भनिन्, ‘यो नयाँ गीतको म्युजिक भिडियोमा फरकपना दिने प्रयास भएको छ ।’

अभिनेत्री प्रियंका कार्कीलाई पनि गीतमा निर्देशक पाण्डेले पेलेरै काम लिएका छन् । ‘पियंका कार्की नेपाली फिल्ममा चलेकी नायिका हुनुहुन्छ । उहाँसँग समय थिएन । हाम्रो आग्रहमा काम गर्नुभयो’, पाण्डेले भने, ‘प्रियंकाजीसँग काम गर्न सजिलो लाग्यो । जति नै पेलेर काम गर्दा पनि कुनै त्यस्तो हस्तक्षेपको अनुभव भएन । आगामी दिनमा पनि प्रियंकाजीसँग काम गर्ने इच्छा छ ।’

३० जना डान्सरहरू राखेर बनाइएको यो म्युजिक भिडियोको छायाँकन हरि हुमागाइँले गरेका हुन् । रोमान्टिक र डान्स शैलीको यो गीत छिट्टै युट्युबबाट रिलिज गरिनेछ ।