२९ आश्विन २०८३, बिहिबार

नरेन्द्र मोदीले दैनिक चार लाखको च्याउ खान्छन् !

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ताइवानबाट आयात हुने सबैभन्दा महँगो च्याउको तरकारी खाने गरेको आरोप लागेको छ ।

गुजरात विधान सभाको निर्वाचनका बेला पिछडा वर्गका समुदायका तर्फबाट उम्मेदवारी दिएका अल्पेश ठाकुरले नरेन्द्र मोदीले प्रत्येक दिन भारतीय रुपियाँ चार लाखको च्याउको तरकारी खानेगरेको आरोप लगाएका हुन् ।

नरेन्द्र मोदीका लागि ताइवानबाट मासिक रुपमा भारतीय रुपियाँ १ करोड २० लाख बराबरको महँगो च्याउ आयात गर्ने गरेको ठाकुरले बताएका छन् । उनले भनेका छन्, ‘नरेन्द्र मोदीले आजकाल गुजराती खाना खान छाडिदिएका छन् । उनले आजकाल च्याउ खान सुरु गरेका छन् ।’

नरेन्द्र मोदीले भन्ने गरेको ‘ना खाता हुँ नाखाने देता हुँ’ भन्ने भनाइलाई च्याउको महँगो तरकारीसँग जोडेर अल्पेश ठाकुरले भनेका छन्, ‘नरेन्द्र मोदीको दल भारतीय जनता पार्टीले गुजरातका बाढीपीडितहरूको १५ सय करोड रुपियाँ घोटाला गरेर खाएका छन् ।’ – एजेन्सी