३ कार्तिक २०८३, मंगलबार

सलमानसँग जेनिशाको भेट, सँगै काम गर्न लागेका होइनन ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली सिने क्षेत्रबाट बलिउड सहर मुम्बई पलायन भएकी नायिका जेनिशा केसीले बलिउड अभिनेता सलमान खानसँग भेट गरेकी छन् ।

सलमानसँग मंगलबार भएको भेटलाई विशेष भन्दै केही तस्बीरहरु फेसबुकमा राखेकी छन् । साथै सलमानसँग भेट गर्नुको कारण चाँडै जानकारी दिने पनि उल्लेख गरेकी छन् ।

जेनिशा र सलमानको भेट मुम्बईको एक स्टूडियोमा भएको हो । यो भेटले कतै उनीहरु एकसाथ कुनै प्रोजेक्टमा काम गर्न लागेको त होइन भन्ने प्रश्न उब्जिएको छ । यद्यपी यसको जवाफ जेनिशाले भोलिका दिनमा दिने नै छिन् ।

जेनिशाले प्रियंका चोपडाद्वारा निर्मित भोजपुरी फिल्म ‘काशी अमरनाथ’ मा अभिनय गरेकी छन् । जुन छिट्टै प्रदर्शनमा आउँदैछ ।