१ कार्तिक २०८३, शनिबार

तीनसय ५० जना मारक नियुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gadimai Ko Mela Ma Pasu Baliबारा, ११ मंसिर । बाराको गढीमाई मन्दिरमा यस वर्ष करिब १० हजारको हाराहारीमा राँगाको बलि चढ्ने अनुमान गरिएको छ ।

राँगाको मात्रै १५ हजार बलि हुने सुरुआती अनुमान गरेको गढीमाई मेला व्यवस्थापन समितिले अहिले त्यो संख्या केही कम हुने बताएको छ ।

भारतका विभिन्न स्थानबाट बलिका लागि राँगा र पाडा बढी मात्रामा आउने गरेको भए पनि सीमामा कडाइ गरिएकाले संख्या केही घट्ने समितिको भनाइ छ ।

गढीमाईमा धेरैजसो भारतका विभिन्न स्थानबाट आउने भक्तजनले बलि चढाउने गरेका छन्।

गढीमाईमा बलि चढाउनका लागि राँगा तथा पाडा भारतबाट नलग्न भारतको सर्वोच्च अदालतले दिएको आदेशका कारण सीमामा यतिबेला स्पेसल सर्भिस व्युरो (एसएसबी)ले कडाइ गरिरहेको छ।

व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साहका अनुसार शुक्रबार बिहान मन्दिरका मूल पूजारीले विधिपूर्वक पूजा गरेपछि मुसा, परेवा, हाँस, सुँगुर र राँगाको पञ्चबली दिएर वधस्थलमा राखिएका राँगाको बलि दिन सुरु गरिनेछ ।

बालिका लागि समितिले करिब तीनसय ५० जना मारक नियुक्त गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

शारीरिक अवस्थाका साथै नागरिकता हेरेर नियुक्त गरिएका मारकले पञ्चबलि दिएलगत्तै वधस्थलभित्र ‘ए’, ‘बी’ र ‘सी’ गरी विभाजन गरी राखिएका राँगा र पाडाको बलि दिनेछन् ।