१ कार्तिक २०८३, शनिबार

चन्द समूहले राजधानी उपत्यका छाडे, भेलाको स्थान गोप्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra_Bikram_Chandकाठमाडौं, ११ मंसिर । नेकपा–माओवादी अध्यक्ष मोहन बैद्य नेतृत्वसँग औपचारिक रुपमा सम्बन्धविच्छेद घोषणा गरेलगत्तै सचिव नेत्रविक्रम चन्द समूहले उपत्यका छोडेको छ।

चन्द पक्षीय एक केन्द्रीय सदस्यका अनुसार चन्दको नेतृत्वमा नयाँ पार्टी घोषणा गरिने छ।

त्यसका लागि गर्न लागिएको भेलाको स्थान गोप्य राखिएको छ। ‘बैठक करिब चार दिनसम्म चल्छ, त्यसले क्रान्तिकारी कार्यदिशा र  रणनीति सहितको नयाँ पार्टी घोषणा गछौ’, ति केन्द्रीय सदस्यले भने, ‘फौजी रणनीति सहितको कार्यदिशामा छलफल गछौ।’

पोलिटव्युरो, केन्द्रीय र बैकल्पिक गरी करिब ६० जना केन्द्रीय सदस्यले राजधानी छोडिसकेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

पोलिटव्युरो सदस्य खडगबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, केन्द्रीय सदस्य सन्तोष बुढामगर, भरत बम, सावत्री दुरा, सुदिप मल्ल, शरद भण्डारी, ओम पुन आरपी तिमल्सेना, धनबहादुर महर्जनलगायतले उपत्यका छोडेका हुन्।