१ कार्तिक २०८३, शनिबार

बाबु छोराको पार्टी रुक्माङगद, रमेशनाथ र बिपी पुत्र !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Padma-Sundar-Lawati-&-Son
काठमाडौं, ११ मंसिर । राप्रपा नेपालले असन्तुष्ट नेता पदुमसुन्दर लावती र पुत्र सगुनलाई पार्टीको साधारण सदस्यसमेत नहरनेगरी निष्काशन गरेपछि पार्टी फुट्ने निश्चित भएको छ।

नयाँ पार्टी घोषणा भए राप्रपा नेपालका केही बहालवाला केन्द्रीय सदस्यले ‘आउने आश्वासन’ दिएको असन्तुष्ट पक्षधर नेताको दावी छ।

स्रोतका अनुसार असन्तुष्ट पक्षको नयाँ पार्टीमा पूर्वसेनापति रुक्मांगद कटवाल, शाही शासनकालका मन्त्री रमेशनाथ पाण्डे र बीपीपुत्र प्रकाश कोइरालालाई पनि ल्याउन तयारी रहेको समाचार आजको राजधानी दैनिकले छापेको छ।

नयाँ पार्टीको नाम राप्रपा नेपाल९राष्ट्रवादी० राख्ने तयारी भइरहेको पनि स्रोतले बताएको छ।