५ कार्तिक २०८३, बिहिबार

सिटिजन लाइफ इन्स्योरेन्सको कान्तिपथमा शाखा विस्तार

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले काठमाडौंको कान्तिपथमा नयाँ शाखा विस्तार गरेको छ । कम्पनीको अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेले शाखाको उद्घाटन गर्नु भएको हो ।

यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोगी हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । कात्तिक २ गते लक्ष्मीपूजाको दिनदेखि व्यवसायिक कारोबार शुभारम्भ गरेको यस कम्पनीले देशभरी फैलिएका आफ्ना २५ वटा शाखा सञ्जालमार्फत ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको छ । कम्पनीले यस अघि नै ब्राण्ड एम्बेसडरको रुपमा ‘महजोडी’लाई अनुबन्धीत गरिसकेको छ ।

अधिकृत पुंजी रु. ३.० अर्ब र जारी पुंजी रु.२.५० अर्ब मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु.१.७५ अर्ब चुक्ता पुंजी रहेको यस कम्पनीले निकट भविष्यमा रु.७५ करोडको सर्व साधारणको लागी शेयर जारी गरी चुक्ता पुंजी रु.२.५० अर्ब पुर्याउने जनाएको छ । कम्पनीका प्रवर्द्धकहरुमा प्रतिष्ठित उद्योगीहरु, बैंकरहरु तथा व्यवसायिक संस्थाहरु रहेका छन् ।