३ कार्तिक २०८३, मंगलबार

मिस तामाङको अडिसन सम्पन्न

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मिस तामाङ एघारौं संस्करण को अडिसन शनिबार र आइतबार गरी सम्पन्न भएको छ ।

साधना कला केन्द्रमा भएको अडिसनमा ५१ जना सहभागी रहेका थिए । जसमा सृजना तामाङ भट्टौली रामेछाप, मुना तामाङ इन्द्रवाती सिन्धुपाल्चोक, आश्मा लामा चुरियामाई मकवानपुर, अनिता तामाङ फाखेल, मकवानपुर, सुस्मा तामाङ धादिङ, उमा सिङ्तान भीमफेदी, मकवानपुर, आशिका बल मकवानपुर, ऋतु तामाङ विर्तामोड झापा, रुपा लामा मन्थली रामेछाप, रञ्जिता लामा मेघाङ नुवाकोट, शिला तामाङ गोदावरी ललितपुर, पुजा तामाङ दुप्चेश्वर नुवाकोट, रोमा तामाङ पाँचपोखरी सिन्धुपाल्चोक, प्रियंका तामाङ हेटौडा मकवानपुर, सपना तामाङ, लमजुङ, सुस्मिता तामाङ धुलाबारी झापा, मनिष तामाङ पाँचपोखरी सिन्धुपाल्चोक, क्रिष्टिना तामाङ गोठपानी काभ्रे, कुन्छान लामा नागार्जून काठमाडौं, कमला लामा बनेपा काभ्रे, सिम्रन तामाङ ठोरी पर्सा, गीताञ्जली लामा हेटौडा मकवानपुर, सविना तामाङ शनिश्चरे मोरङ, पेमा तामाङ निलकण्ठ धादिङ, निमा लामा चलालगणेशस्थान काभ्रे, प्रिस्किला तामाङ सेमजोङ धादिङ, संगीता तामाङ फिदिम पाँचथर, भगवती तामाङ सुनखानी नुवाकोट, मनिका तामाङ निलकण्ठ धादिङ, जस्मिन लामा लिसंखुपाखार सिन्धुपाल्चोक, पेमा लामा मेलुङ दोलखा, न्होर्जिन लामा रौतहट, उर्मिला लामा महांकालचौर काभ्रे, अनिता तामाङ सुन्दरादेवी नुवाकोट, सम्झना तामाङ गौरीशंकर दोलखा, सुमी तामाङ दोलखा र सवनम तामाङ काठमाडौका छनौट भएका छन् ।

तामाङ जातिको कला , संस्कृति , भेषभुषा, रीतिरवाज र धर्मलाई युवा जमातमार्फत् अन्य जाति तथा आफ्नै समुदायमा सामाजिकिकरण गर्ने उद्देश्यले आयोजना गर्दै आएको छ।

अडिसनमा निर्णयकहरु मिस तामाङ २०१२ की सुमी मोक्तान, २०१६ की उर्मिला योञ्जन, २०१७ की पिंकी घिसिङ, रोट्रयाक्ट माउण्ट एभरेष्टका सचिव षडज मोक्तान, एभरेष्ट फेशन होमका अध्यक्ष रञ्जिता तामाङ र युनेस्कोमा सुचिकृत साधना कलाकेन्द्रको संस्थापकर निर्देशक एवं नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान रहेका थिए ।

नेपाल तामाङ कला–संस्कृति केन्द्र र एभरेष्ट फेसन होमले संयुक्त रूपमा ल्होछारको उपलक्ष्यमा आयोजना गर्न लागिएको हो । उक्त प्रतियोगितामा तामाङ चेलीहरूको क्षमता प्रस्तुत गर्नुका साथै नयाँ पुस्तामाझ मौलिक सांस्कृतिक ज्ञान हस्तान्तरण गर्ने प्लेटफार्म हुने संयोजक मिलन मोक्तानको दावी रहेको छ ।

छनौट भएकाहरुलाई बुधबारदेखि एकमहिने क्षमता अभिवृद्धि तालिम दिइने भएको छ । तालिममा क्रियटिभ क्लोज क्याम्प, मौलिक भाषा तथा संस्कृति सम्बन्धी विशेष कार्यशाला,, सांस्कृतिक एवं सम्पदा क्षेत्रको भ्रमण लगायतका विविध विषयमा केन्द्रित रहेने तामाङ कला –संस्कृति केन्द्रका अध्यक्ष एवं संगीतकार मिलन मोक्तानले जनाए । यसैगरी पाठ्यपुस्तकमा पढ्न र सिक्न नपाइने तर आफ्नो जीवनमा अति आवश्यक पर्ने ब्यवहारिक ज्ञानको विशेष अध्ययन गर्न पाइने पनि मोक्तानले बताए ।

प्रतियोगिताको ग्राण्ड फिनाल भने माघ ६ गते हुने आयोजकले जनाएको छ । यस वर्षको पूर्ण व्यवस्थापन भने तामाङ कला संस्कृति केन्द्रले गरिने भएको छ ।