३ कार्तिक २०८३, मंगलबार

अनमोल केसीसँग डराए श्वेता र दयाहाङ ?

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली चलचित्र बजारमा चर्चित नायक अनमोल केसीसँग भिड्ने हिम्मत अहिलेसम्म कसैले गर्न सकेको छैन् । यो क्रम फेरिपनि देखिएको छ । अनमोल केसीको स्टारडमका अगाडि स्वेता खड्का र दयाहाङ राई समेत पछि हटेका छन् ।

कुरा हो श्वेता खड्काको फिल्म ‘कान्छी’को प्रदर्शन मिति (रिलिज डेट) सर्नु । अनमोल केसीको फिल्म ‘कृ’ सँग ‘कान्छी’ जुधेपछि श्वेताले आफ्नो फिल्मको प्रदर्शन मिति परिवर्तन गरेकी हुन् ।

यसअघि अनमोल केसी स्टारर ‘कृ’ सँगै माघ २६ गते ‘कान्छी’ को प्रदर्शन मिति तोकिएपनि फिल्म निर्माण पक्ष र वितरकले फागुन ४ गतेलाई सारेका छन् । ‘कान्छी’ अब फागुन ४ गते प्रदर्शनमा आउनेछ । माघ २६ मा भने अनमोल केसीको ‘कृ’ एक्लै प्रदर्शन हुनेछ ।

फिल्मको प्रदर्शन मिति किन सारियो भन्ने प्रश्नमा श्वेताले भनिन्– ‘मलाई जुध्न मन लागेन । ‘कृ’ टिमसँग धेरै छलफल गर्ने कोशिस गर्दा पनि कुनै निर्णय नभएपछि म आफैं सरेको हुँ । यो निर्णयले हामी दुवैलाई फाईदा पुर्याउँछ ।

यो निर्णयले हल सञ्चालक र वितरक पनि खुसी हुने श्वेताको विश्वास छ ।

आकाश अधिकारी निर्देशित ‘कान्छी’ मा श्वेता र अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको छ । फिल्मको ‘चरी चट्ट’ बोलको गीत अहिले चर्चामा छ ।