१ कार्तिक २०८३, शनिबार

नेपाल–भारतबीच टेलिफोन शुल्क घटाउन सुझाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Phoneकाठमाडौं, १० मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबाट भारतमा टेलिफोन गर्दा लाग्ने शुल्क घटाउन सुझाव दिएका छन् ।

भारतबाट नेपालमा फोन गर्दा लाग्ने शुल्क भन्दा नेपालबाट भारतमा फोन गर्दा लाग्ने शुल्क बढी रहेकाले घटाउन मोदीले सुझाव दिएका हुन् ।

मोदीले भारतबाट नेपालमा फोन गर्दा लाग्ने शुल्कमा ३५ प्रतिशत कटौती गरेको बताउँदै नेपाल सरकारलाई पनि सक्दो शुल्क घटाउन आग्रह गरेको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

यसअघिको नेपाल भ्रमणमा पनि मोदीले नेपालीले भारतमा फोन गर्दा हेल्लो भन्दा पैसा सकिने बताएका थिए ।