न्युयोर्क, ९ मंसिर । अमेरिकाको सुपर लयरको सूचीमा पर्न सफल भएकोमा प्रधानमन्त्री सुशील कोइरालाले नेपाली मुलका अमेरिकी वकिल खगेन्द्र जिसीलाई बधाई दिनुभएको छ ।
प्रधानमन्त्री कोइरालाले शुभकामना सन्देश पठाउँदै जिसीलाई बधाई तथा शुभकामना दिनुभएको हो । अमेरिकामा सुपर लयरको सम्मान गर्नु गौरवको विषय रहेको भन्दै प्रधानमन्त्री कोइरालाले यस उपाधिले नेपालमा अध्ययनरत र प्रयासरत नयाँ पुस्तालाई समेत झनै उत्प्रेरित गरेको बताउनुभएको छ ।
जिसी अमेरिकामा आएर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता हुनुहुन्छ । न्युयोर्कमा रहेर वकालत पेशामा सक्रिय रहनुभएका जिसी एक महिना अघि अमेरिकामा रहेका वकिलहरु मध्येबाट सुपर लयर छनौट पश्चात सार्वजनिक गरिएको सूचीमा पर्न सफल हुनुभएको थियो।
२५ बर्ष भन्दा धेरै समयसम्म वकालत गर्नुभएका जिसी एनआरएन अमेरिकाको अध्यक्ष समेत हुनुहुन्छ । जिसीलाई प्रधानमन्त्रीले पठाउनुभएको बधाई सन्देश यस्तो छ:















प्रतिक्रिया