बझाङ, २२ मंसिर । बझाङमा प्रतिनिधि सभा र प्रदेशसभाका बाम गठबन्धनका सबै उम्मेदवार विजयी भएको छन् ।
प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमालेका उम्मेदवार भैरव बहादुर सिंह विजयी भएका छन् । एमाले उम्मेदवार सिंह ३४ हजार ६ सय १२ मतका साथ विजयी भएका हुन् ।
उनले नेपाली काँग्रेसका उम्मेदवार पृथ्वी बहादुर सिंहलाई ७ हजार ७ सय २ मतले हराएका छन् । पृथ्वीले २६ हजार ९ सय १० मत प्राप्त गरेका थिए ।
प्रदेश सभा (क) तर्फ नेकपा एमालेका अर्जुन बहादुर थापा विजयी भएका छन् । उनी १७ हजार ८ सय ६८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका चन्द्रदेवी जोशीले १३ हजार १ सय ९९ मत ल्याइन् ।
प्रदेश सभा (ख) तर्फ नेकपा (माओवादी केन्द्र)की उम्मेदवार देवकी मल्ल विजयी भएकी छिन् । उनी १६ हजार ७ सय ४३ मतका साथ विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नरेश बहादुर सिंहले १४ हजार २ सय ४२ मत ल्याए ।















प्रतिक्रिया