काठमाडौँ, ९ मंसिर । राष्ट्रपति डा रामवरण यादवसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार साँझ शिष्टाचार भेटवार्ता भर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी हित, साझा चासो र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)शिखर सम्मेलन विषयमा केन्द्रित थियो । भेटमा भारतीय विदेशमन्त्री सुषमा स्वराज तथा राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी सहभागी हुनुहुन्थ्यो ।
भारतीय प्रधानमन्त्री मोदी बुधबारदेखि यहाँ आयोजना हुने सार्कको १८ औँ शिखर सम्मेलनमा सहभागी हुन मंगलबारै काठमाडौँ आउनुभएको हो ।















प्रतिक्रिया