काठमाडौँ, ९ मंसिर । बुधबारबाट काठमाडौँमा सुरु हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँँ शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ पनि काठमाडौं आई पुग्नु भएको छ ।
मोदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मोदीलाई उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले स्वागत गर्नुभएको थियो ।
मोदी विशेष विमानाबाट तीनबजे काठमाडौं आउनु भएको हो । विमानस्थलदेखि सोल्टी होटेलसम्म पञ्चकन्या र अन्य झाँकीले उहाँलाई स्वागत गरेका थिए ।
कडा सुरक्षा घेरामा राखेर होटल सोल्टीमा पुर्याइएको छ । सरिफलाई उपप्रधानमन्त्री प्रकाशमानसिंहले स्वागत गर्नुभयो ।
















प्रतिक्रिया