काठमाडौँ, ९ मंसिर । बुधबारबाट काठमाडौँमा सुरु हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को १८ औँँ शिखर सम्मेलनमा भाग लिन माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिन पनि काठमाडौं आउनु भएको छ ।
उहाँ सिल्क एयरको नियमित उडानबाट काठमाडौं आउनु भएको हो ।
उहाँलाई उपप्रधानमन्त्रीहरु वामदेव गौतम र प्रकाशमान सिंहले विमानस्थलमा स्वागत गर्नुभयो ।
उहाँलाई पनि अन्य पाहुना जसरी नै विमानस्थलमा विशेष स्वागतपछि सुरक्षाको विशेष स्कर्टिङसहित सोल्टी होटलमा लगिने कार्यक्रम छ।
सार्क सम्मेलनमा सहभागी हुन भुटानका प्रधानमन्त्री थेस्रिङ तोब्गे, श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे र अफगानिस्तानका राष्ट्रपति असरफ घानी यस अघि नै काठमाडौं आइपुग्नु भएको छ ।















प्रतिक्रिया