१ कार्तिक २०८३, आइतबार

अमेरिकामा बस्ने ११ जना नेपालीले पाए सम्मान

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । न्युयोर्कमा गत दिसेम्बर २ तारिखका दिन ११ जना विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । कार्यक्रममा ३ नेपाली संस्थाहरू पनि सम्मानित भएका छन् ।

समाजमा योगदान पुगाएका ब्यक्तित्वहरूलाई अतिथी सम्मान तथा युवा प्रतिभालाई युवा प्रतिभा पहिचान पुरस्कारद्वारा सम्मान गरिएको हो ।

अतिथी सम्मानद्वारा कदर गरिएका ब्यक्तित्वमा वरिष्ठ नाट्यकर्मी रामराज क्षेत्री, न्यू योर्क शहरका भूमिगत पद्धति सुरुङ्ग अभियन्ता मेख गुरुङ, सामाजिक अभियन्ता दुर्गेशजङ्ग कार्की, एनआरएन अमेरिकाका निवर्तमान प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहाल, अमेरिका नेपाल सुन्दरी प्रतियोगिताका संस्थापक अमित शाह, न्यू योर्ककि महिला व्यवसायी सूर्य श्रेष्ठ महर्जन र गीतकार पद्मा लिंखा मगर छन् ।

अतिथी सम्मानद्वारा कदर गरिएका नेपाली संस्थाहरूमा अधिकार, युनाईटेड शेर्पा एशोसिएसन युएसए र रिजवूड नेपाली समाज छन् ।

युवा प्रतिभा पहिचान पुरस्कारबाट संयुक्त राष्ट्र संघ युवा सम्मेलनकी युवा सभाध्यक्ष जोली अमात्य, युवा अंग्रेजी पुस्तकका लेखक राजन थपलिया, अमेरिकि पूर्वराष्ट्रपति बिल क्लिन्टनद्वारा राष्ट्रपतीय पुरस्कारद्वारा सम्मानित युवा कन्चन अमात्य र वृद्धि रोकावट हुने बालबालिकाहरूको रोगको रोकथाम सम्बन्धी क्षेत्रमा सकृय युवा प्रियंका थापालाई सम्मान गरिएको छ ।

दशौं बार्षिक उत्सव समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा र गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रियका अध्यक्ष भवन भट्टद्वारा शुभकामना सन्देश समेत पठाएका थिए ।