५ कार्तिक २०८३, बिहिबार

सिटिजन्स बैंकको अत्याधुनिक वेबसाइट सार्वजनिक

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ मंसिर । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो अत्याधुनिक वेबसाइट सार्वजनिक गरेको छ । यस वेबसाइटलाई www.ctznbank.com मा हेर्न सकिने बैंकले जनाएको छ ।

यसवेबसाइटलाई गतिशील रुपमा स्तर बृद्धि गरिएको बैंकले बतायो । यसलाई कुनै पनि स्मार्टफोनबाट सजिलै प्रयोग गर्न सकिने छ । यस वेबसाइटमार्फत घरबाट नै खाता खोल्न मिल्ने, कर्जाको लागी आवेदन दिन मिल्ने तथा अरु अत्याधुनिक सुविधाहरु उपलब्ध भएको बैंकले जानकारी दिएको छ । Online ASBA, Demat, KYC, Mero Share, Smart Banking जस्ता आकर्षणहरु रहेको योे वेबसाइट अत्यन्तै ग्राहकमुखी रहेको छ । सरोकारवालाहरुले बैंकको बारेमा प्राथमिक जानकारी लिन अब बैंक धाउनु पर्ने अवस्था को अन्त्य भएको बैंकको भनाइ छ ।

नयाँ वेबसाइटको सर्वजनिकरण गर्दै गर्दा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले समयको प्रवाहसँग बैंक चल्दै आएकोे बताए । आगामी दिनहरुमा पनि नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिङ सेवालाई सरल र छरितो रूपमा पु¥याउन बैंक कटिवद्ध रहेको पोखरेलले जानकारी गराए ।