विराटनगर, ९ मंसिर । यात्रुबाहक बसको ठक्करबाट मोरङमा एक महिला साइकल यात्रुको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरदुलारी नगरपालिका सडकखण्डमा सोमबार साँझ भोजपुरको याङताङ–४ स्थायी घर भई हाल सोही नगरपालिका बस्ने ४७ वर्षीया कमला खत्रीका मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मे१ख १२६७ नम्बरको बसले ठक्कर दिएपछि उनको स्थानीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । चालकसहित यात्रुबाहक बस प्रहरीको नियन्त्रणमा छ ।















प्रतिक्रिया