२९ आश्विन २०८३, बिहिबार

दसौँ नम्बरमा उत्रिएका सोमपालले विश्वकीर्तिमान बनाए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sompal-Kami3काठमाडौं, ९ मंसिर । नेपालका युवा बलर सोमपाल कामीले अन्तर्राष्ट्रिय टी– २० क्रिकेटमा दशौं नम्बरमा सबैभन्दा बढी रन बनाउने विश्वकीर्तिमान कायम गरेका छन् ।

आइसीसीले मान्यता दिएको हङकङविरुद्धको टी–२० क्रिकेटमा दशौं नम्बरमा ब्याटिङ गरेको सोमपालले ३१ बलमा ४० रन बनाएका थिए ।

यसअघि यो रेर्कड अफगानिस्तानका हमिद हसन २२ रन को नाममा थियो  ।

२५ रनमा ८ विकेट गुमाएर दयनीय अवस्थामा रहेको नेपाललाई सोमपालले उकासेका थिए । दोस्रो स्थानमा सइज अजमल २१ रनमा थिए ।

हमिद र अजमललाइ तेस्रो स्थानमा धकेलेर सोमपालले पहिलो नम्बर कजा गरेका हुन् ।

दशौं नम्बरमा आएर धेरै रन हान्नेको सूचीमा श्रीलंकाका फर्नान्डो २१ रन, भारतका श्रीशान्त १९ रन र बंगलादेशका मुसाफ्रे मार्तजा १९ रन छन् ।