१ कार्तिक २०८३, शनिबार

भीभीआइपी कति बजे को आउँदै छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TIA-Airportकाठमाडौं, ९ मंसिर ।  औं सार्क शिखर सम्मेलनमा सहभागी हुन ७ देशका भीभीआइपी मध्ये ३ देशका विशेष र अन्य नियमित उडानबाट काठमाडौं उत्रने भएका छन् ।

सबै भीभीआइपी आज नै काठमाडौं आइपुग्दैछन् ।

श्रीलंकाका राष्ट्रपति महेन्द्रा राजपाक्षे बिहान साढे ९ बजे, भारतीय प्रधानमन्त्री दिउँसो साढे १२ बजेदेखि १ बजेसम्म, पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ अपरान्ह ३ बजेर ३५ मिनेटमा विेशष विमानबाट आउने समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरर्फ घानी नियमित उडानबाट पौने ११ बजे, भुटानी प्रधानमन्त्री छिरिङ तोब्गे पौने १२ बजे र माल्दिभ्सका राष्ट्रपति अब्दुलाह यमिन १२ बजेर ५ मिनेटमा र वंगलादेशकी प्रधानमन्त्री सेख हसिना वाजेदसवा ४ बजे काठमाडौं आउने कार्यक्रम छ । उनीहरु सबै सोल्टी होटलमा बस्नेछन् ।