१ कार्तिक २०८३, शनिबार

सवारी आवागमन दिनभरि प्रभावित हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sadakकाठमाडौ, ९ मंसिर । सार्क सम्मेलनमा सहभागि हुन आउने सदस्य राष्ट्र प्रमुख आउदा सवारी आवागमनमा रोक लगाउने भएको छ ।

मंगलबार राष्ट्रप्रमुखहरु काठमाडौं आउदै छन् ।

सार्क सम्मेलनको लागि नेपाल आउने राष्ट्रप्रमुखहरु मंगलबार बिहान साढे ९ देखि साँझ चार बजेसम्म आउने कार्यक्रम छ । यस अवधिमा सवारी आवागमन लगभग शुन्य हुन्छ ।

‘अति विशिष्ट अतिथिहरुको विमानस्थलमा आगमन हुने क्रम करिब दिनभर जारी रहने र विमानस्थलबाट होटल सोल्टी लगायत अन्य स्थानहरुमा  भ्रमण कार्यक्रम समेत रहेको हुँदा सवारी मार्गमा नियन्त्रित रुपमा सवारी साधनहरु संचालन हुने छन,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘आवागमनको १० मिनट अगाडि देखि सवारी मार्गमा  सवै प्रकारका सवारी साधनलाई प्रवेशमा रोक लगाइने छ ।’

आवामगन हुने मुख्य सवारी मार्गको प्रयोग नगरी बैकिल्पक मार्गबाट गर्न ट्राफिकले अनुरोध गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मंगलबार बिहान साढे नौ देखि अपरान्ह सवा चार बजेसम्म राष्ट्रप्रमुखहरु आउने कार्यक्रममा छ ।

मन्त्रालयका अनुसार श्रीलंकाका राष्ट्रपति महेन्द्रा राजापाक्ष बिहान साढे नौ बजे आउने कार्यक्रम छ ।

यस अनुसार क्रमस अफगानिस्तानका राष्ट्रपति मोहम्मद असरफ धानी, भुटानका प्रधानमन्त्री छिरिङ तोब्जे, माल्दिभ्सका राष्ट्रपति अब्दुल्ला यमिन अब्दुल गयुम, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री मुहम्मद नवाज सरिफ र बंगलादेशका प्रधानमन्त्री शेख हसिना आउने कार्यक्रम छ ।

मंगलबार उपत्यकामा विजोर नम्बर प्लेट भएका सवारी साधनहरु मात्र संचालन गर्न पाइन्छ ।

जोर विजोर प्रणालीको उलघंन गरी सवारी चलाएको पाइएमा  त्यस्ता सवारी साधनहरु नियन्त्रणमा लिई यातायात व्यवस्था ऐन अनुसार कारबाही गर्ने ट्राफिक प्रहरीले जनाएको छ ।