मुम्बई । पूर्व पोर्नस्टार सन्नी लियोनीको चर्चा यतिबेला बलिउडमा निकै हुने गरेको छ । बलिउडमा स्थापित हुन प्रयासरत सन्नी आफूले अभिनय गरेको चलचित्रका कारणले त हैन तर अन्य विभिन्न कारणले चर्चामा आइरहन्छिन् । हालसालै आएको उनले अभिनय गरेको चलचित्र ‘तेरा इन्तजार’ले बक्सअफिसमा त्यस्तो तहल्का मच्चाउन नसकेपनि कुनै न कुनै कारणले समाचारको हेडलाइन बन्ने गरेकी छिन् । यस्तोमा सन्नीका फ्यानहरुको लागि अर्को एउटा खुसीको खवर छ ।
वास्तवमा सन्नी यो वर्ष अनलाइनमा सबैभन्दा धेरै खोजिएकी नायिका बनेकी छिन् । उनले प्रियांका चोपडा, दीपिका पादुकोन, करिना कपुर खान जस्ता चर्चित नायिकाहरुलाई पनि पछि पार्दै यो वर्ष अनलाइनमा सबैभन्दा धेरै खोजिएकी नायिका बनेकी हुन् । यो सूचीमा कटरिना केफ, इशा गुप्ता, दिशा पटानी तथा ममता कुलकर्नीपनि रहेका छन् ।


















प्रतिक्रिया