३ कार्तिक २०८३, मंगलबार

बिकिनी अवतारमा देखिइन् साम्राज्ञीराज्य

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नायिका साम्राज्ञीराज्य लक्ष्मीको हट तस्बिर सार्वजनिक भएको छ । आफ्नो अभिनय रहेको दोस्रो चलचित्र ए मेरो हजुर २ प्रदर्शन सिलसिलामा उनी अष्ट्रेलियामा छिन् ।

केही दिन अगाडि अष्ट्रेलियाको एक चलचित्र भवनमा प्रिमिएर समेत गरिएको थियो । प्रिमिएरमा उनी रातो रंगको पहिरनमा सहभागी थिइन् । प्रिमिएरमा उनले लगाएको पहिरन र उक्त पहिरनमा झल्किएको उनको सौन्दर्यको धेरैले खुलेरै चर्चा गरे ।

स्वदेशका कार्यक्रममा प्राय नर्मल पहिरनमा देखिने गरेकी उनले अष्ट्रेलिया पुगेपछि भने बिभिन्न हट पहिरनमा फोटो सेसन गरिरहेकी छन् । हालै पनि उनको केही तस्बीर सार्वजनिक भएको छ ।

समुन्द्री किनारमा खिचाइएको उक्त तस्बीरमा उनी बिकिनी अवतारमा देखिएकी छिन् । इन्टाग्राममार्फत सार्वजनिक तस्बीरमा निर्देशक समेत रहेकी अभिनेत्री झरनाका साथ देखिएकी छन् । तस्बीरमा झरनाको पहिरन सामान्य देख्न सकिन्छ ।

ए मेरो हजुर २ झरनाको पती सुनिलकुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा साम्राज्ञीको साथमा सलिनमान बानियाँको समेत मुख्य भूमिकामा अभिनय रहेको छ ।