५ कार्तिक २०८३, बिहिबार

कृषि विकास बैंकको पाँच करोड हिनामिना, कर्मचारी पक्राउ

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । काठमाडौंको न्यूरोडस्थित कृषि विकास बैंक शाखा कार्यालयका कर्मचारीहरु पाँच करोड रुपियाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् ।

कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ देखाई बैंकको रकम आपसमा मिलेमतो गरी बैंकलाई नोक्सान हुने गरी चार करोड ९१ लाख रुपैयाँ हिनामिनामा संलग्न भएको आरोपमा न्युरोड शाखामा कार्यरत सहायक टेलर दीपक रेग्मीसहित तीन जना पक्राउ परेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट उक्त बैंकको मौज्दात रकम करिब पाँच करोड हानी नोक्सानी पुगाउने तीन जनालाई मंसिर १३ गते पक्राउ गरेको हो ।

अनुसन्धानमा असर पर्ने भन्दै प्रहरीले रेग्मीसहितका अभियुक्तलाई शनिबार मात्र सार्वजनिक गरेको हो ।

बैंकिङ कसुर अन्तर्गत पक्राउ परेका काठमाडौं नागार्जुन नगरपालिका १ सीतापाइला बस्ने ३२ वर्षीया रेग्मीसँगै ब्यूरोले तेह्रथुम सिम्ने ५ स्थायी घर भएर अहिले काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने ४२ वर्षीय प्रकाश घतानी र दोलखाको भिमेश्वर नगरपालिका ६ घर भइ काठमाडौं ३२ बस्ने ४२ वर्षीया रमेशकुमार थापामाथि अनुसन्धान अगाडि बढाएको छ ।

रेग्मीसहित तीन जनामाथि पाटन उच्च अदालतबाट पाँच दिनको म्याद थप गरी बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए ।