३० आश्विन २०८३, शुक्रबार

एक नेपालीले गरे मलेसियामा आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलेसिया । पेनाङ् राज्यको जर्ज टाउनमा झुण्डिएर एक नेपालीले आत्माहत्या गरेका छन् । अन्दाजी ३४ वर्षीय दयाशंकर भनिने अबैधानिक कामदारले आत्महत्या गरेका हुन् ।

पटक–पटक फोन सम्पर्क गर्दा फोन नउठेपछि दयाशंकरको कोठामा पुग्दा ढोका लक भएको र प्रहरीमा खबर गरी प्रहरीको सहयोगमा ढोका फोरेर हेर्दा आत्माहत्या गरेको पाईएको उनका साथीहरुले बताए । सेक्युरिटीगार्डमा काम गर्दै आएका थिए ।

उनको सबै ठेगाना प्राप्त नभएको भन्दै निजको सम्पुर्ण विबरण प्राप्त गर्नका लागी सम्बन्धित पक्षसँग सहयोगको लागी पहल गरिएको मलेसियन प्रहरीले जनाएको छ । हाल मृतकको शवलाई पेनाङ अस्पतालमा पोष्टमार्टमको लागी राखिएको छ ।