५ कार्तिक २०८३, बिहिबार

माछापुच्छ्रे बैंकको पहिलो त्रैमासिक मुनाफा २८ करोड

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा (कास्की), १५ मंसिर । माछापुच्छ्रे बैक लिमिटेडको १९ औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७३/७४ को बार्षिक प्रतिवेदन पारित गरेको छ ।

बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार सेयरधनीहरुलाई हालको चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर तथा ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । साथै, सो साधारण सभाले आगामी ३ वर्षको लागि जे.पी. राजवाहक एन्ड कम्पनीलाई बाह्य लेखा परीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ । हाल बैंकको चुक्तापूँजी रु ७ अर्ब ३९ करोड रहेकोमा उक्त साधारण सभाले पारित गरे बमोजिम बोनस सेयर जारी गर्दा बैंकको चुक्तापूँजी ८ अर्ब ५ करोड पुग्ने बताइएको छ ।

बैंकले आर्थिक वर्ष २०७४/७५ को पहिलो त्रैमाससम्ममा २८ करोड ९ लाख खुद मुनाफा आर्जन गरेको छ । साथै २०७४ असोज मसान्तसम्ममा ६० अर्ब ३० करोड निक्षेप परिचालन गरी ५४ अर्ब ४२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले जनाएको छ ।

बैंकले सोही अवसरमा नयाँबजार, पोखरामा नयाँ एटीएम काउण्टरको समेत उद्घाटन गरेको छ । बैकले देशभर ६२ वटा शाखाहरु, ४ वटा एक्सटेन्सन काउन्टरहरु लगायत ७ शाखा रहित बैंकिङ सेवासमेत गरी ७३ स्थानबाट ग्राहकहरु बैंकिङ सुविधा प्रदान गरिरहेको छ ।